मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

आर्थिक वर्ष २०७८/७९ मा सिद्धार्थ इन्स्योरेन्सद्वारा १ अर्ब बढी बीमा दाबी भुक्तानी

बिहीबार, २२ वैशाख २०७९, ११ : ०५
बिहीबार, २२ वैशाख २०७९

सिद्धार्थ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०७८/७९ को हाल सम्म ७८२८ वटा दावी फर्छयौट गरेको छ।  सो अवधिमा अर्ब बढी बीमा दाबी भुक्तानी भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार १ अर्ब ७ करोड ६० लाख २६ हजार ९४८ भुक्तानी हुनुका साथै अग्रिम दावी वापत विभिन्न दावीकर्ताहरुलाई   ८ करोड भुक्तानी भएको छ । यससँगै कम्पनीले  १ अर्ब १५ करोड ६० लाख २६ हजार ९४८ रुपैयाँ भुक्तानी गरेको छ भने फर्छयौट गर्न बाँकी दावीको संख्या ३८५७ (कोरोना दावी वाहेक) रहेको र सो वापत भुक्तानी गर्नु पर्ने रकम १ अर्ब १६ करोड ७६ लाख २ हजार ५९५ रुपैयाँ रहेको कम्पनीले जनाएको छ । 
 
कम्पनीले गत असोज ३१ देखि कार्तिक २ गतेसम्मको लगातार बेमौसमी बर्षाले महाकाली नदीमा आएको बाढीले क्षति पुर्याएको कञ्चनपुरको भिमदत्त–१२ ओदालीस्थित निर्माणाधिन ६ लेनको सडक मनोरञ्जन पार्कको निमित्त बनेका पोखरीका संरचना र ४ लेनको पक्की पुलको पहुँच मार्गमा ठूलो क्षति पु-याएकामा त्यसको पनि दाबी भुक्तानी गरेको छ ।  उक्त परियोजनाको बीमा भएकाले ८ करोड ९७ लाख ९८ हजार रुपैयाँ प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्रीले वीमित कुमार—सी एफ इ सी जे/भी का प्रतिनिधी सुशील कुमार श्रेष्ठलाई हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप