आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेश सभाको नवौं अधिवेशन अन्त्य

बिहीबार, २२ वैशाख २०७९, ०८ : ३१
बिहीबार, २२ वैशाख २०७९

सुर्खेत । कर्णाली प्रदेश सभाको नवौं अधिवेशन अन्त्य गरिएको छ  । प्रदेश प्रमुख तिलक परियारले बिहीबार राति १२ बजेदेखि लागू हुने गरि नवौं अधिवेशनको अन्त्य गरेका हुन् । मुख्यमन्त्री जीवनबहादुर शाहीले बुधबार अधिवेशन अन्त्य गर्नका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए ।

संविधानको धारा १८३ को उपधारा (२) बमोजिम अधिवेशनको अन्त्य गरिएको हो । नवौं अधिवेशनमा जम्मा १७ वटा बैठक बसेको प्रदेश सभा सचिवालयले जनाएको छ  । अधिवेशनको १७ औं बैठक गएको चैत्र २१ गते सोमबार बसेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप