शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

निर्वाचन आयोगले ३२ दललाई सोध्यो स्पष्टीकरण

बिहीबार, २२ वैशाख २०७९, ०६ : २०
बिहीबार, २२ वैशाख २०७९

प्रमुख  राजनीतिक  दलहरूले  नै  निर्वाचन  आचारसंहिताको  उल्लङ्घन  गरेको  पाइएको  छ । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन प्रकरणमा  मागेको  जवाफमा  प्रमुख  राजनीतिक  दलकै सङ्ख्या बढी छ । 

आयोगले जवाफ मागेकामा नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी  पार्टी,  नेपाल,  नेकपा  (एकीकृत  समाजवादी)   र   राष्ट्रिय   प्रजातन्त्र   पार्टी   छन् । आयोगले राजनीतिक दललाई पटक पटक आचारसंहिताको  पूर्ण  पालनाका  लागि  आग्रह  गर्दै विशेष निर्देशनसमेत जारी गर्दै आएको छ । 

तथापि आचारसंहिता उल्लङ्घनका घटनामा प्रमुख राजनीतिक दल मुछिने क्रम घटेको छैन । आयोगको  कानुन  तथा  राजनीतिक  दल  व्यवस्थापन  महाशाखा  प्रमुख  एवं  सहसचिव  यज्ञप्रसाद  भट्टराईले  ३२  दल,  उम्मेदवार  तथा  पदाधिकारीसँग   जवाफ   मागिएको   जानकारी   दिए । उनले पाँच जनाको जवाफ अझै नआएको बताए  । 

पछिल्लो  पटक  आयोगले  नेकपा  (एमाले) र नेपाली काँग्रेसलाई चुनावी प्रचारप्रसारको क्रममा बालबालिकाको प्रयोग गरेको सम्बन्धमा सो दलसँग जवाफ मागेको हो । यो समाचार गोरखापत्र दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप