धनुषामा एकीकृत समाजवादीका मेयर पदका उम्मेदवारले पार्टी छाडे
बुधबार, २१ वैशाख २०७९, २२ : ०३
नेकपा एकीकृत समाजवादीबाट धनुषाको सबैला नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका उम्मेदवार नै एमालेमा प्रवेश गरेका छन् । सबैला नगरपालिकामा मेयर पदमा उम्मेदवारी दिएका आकांक्षी उम्मेदवार राजु गुप्ताले पार्टी त्यागेका हुन् । बुधबार उनले मनोनयन पत्र दर्ता गराएका थिए ।
गुप्ताले एमालेबाट सबैला नगरपालिकाका उम्मेदवार समेत रहेका धनुषा एमालेका जिल्ला अध्यक्ष राजकिशोर यादवलाई समर्थन गर्दै पार्टी परित्याग गरेको जानकारी दिए ।
नेकपा एमालेमा प्रवेश गर्दै उनले सबै नेता–कार्यकर्ताको दवाव थेग्न नसकेपछि आफूले राजकिशोरलाई समर्थन गरेको प्रस्ट्याए । एमालेमा फर्केका गुप्तालाई एमालेका केन्द्रिय सदस्य समेत रहेका धनुषा जिल्ला इन्चार्ज रामचन्द्र मण्डल सहितकाले स्वागत गर्दै पार्टीमा भित्र्याएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ स्टक एक्सचेन्जको अनुमतिविरुद्ध सर्वोच्चका रिट
-
पदाधिकारीसम्मको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग बनाउन जनार्दन शर्माको प्रस्ताव
-
विपी कोइरालाले शिलान्यास गर्ने तयारी गरेको सडक सञ्चालन गर्न दबाब दिन कांग्रेसको पदयात्रा
-
अपडेट : चीनमा भूकम्पबाट मृत्यु हुने संख्या ९५ पुग्यो, १३० जना घाइते
-
भूकम्पपछि चीनले गर्यो सगरमाथा क्षेत्र प्रवेश बन्द, नेपालले के गर्छ ?
-
भूकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति