चुनावमा कालापानी मुनीका गाउँ सुनसान
स्थानीय तह निर्वाचनका लागि गाउँदेखि शहरसम्म चहलपहल भइरहेको छ । तर, दार्चुलाको व्यास गाउँपालिकाको वडा नम्बर १ मा रहेका दुई गाउँ छाङरु र तिंकर सुनसान छन् । वडा नम्बर १ मै पर्ने गुञ्जी नावि र कुटी गाउँ भारतको नियन्त्रणमा छ । ती गाउँहरू नेपालको नयाँ नक्सामा समेटिए पनि नेपालको प्रशासनिक अधिकार कायम हुन नसक्दा त्यहाँ पनि चुनावले छुन सक्ने अवस्था छैन । यस क्षेत्रमा छाङरु र तिंकर गरी दुईवटा मतदान केन्द्र रहेका छन् ।
व्यास गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका उम्मेदवार सबै मतदाताको घरदैलोमा पुगिरहेका छन् । तर वडा नम्बर १ छाङरु र तिंकरसम्म पुग्नका लागि नेपालबाट बाटो नहुँदा ती गाउँलाई चुनावले छोएको छैन । वडा नम्बर २ को दुम्लिङसम्म घरदैलो अभियान गरिएको भए पनि बाटो नहुँदा माथिल्लो क्षेत्रमा जान नसकिएको नेकपा एमालेका नेता कल्यान सिंह खत्रीले बताए ।
हाल छाङरु र तिंकर क्षेत्रमा सुरक्षाकर्मीमात्रै छन् । त्यस क्षेत्रका स्थानीय सदरमुकाममै रहेकाले यतै प्रचारप्रसार गरिरहेको नेकपा एमालेबाट व्यास गाउँपालिका वडा नम्बर १ मा वडाध्यक्षका उम्मेदवार अशोक सिंह बोहराले बताए । ‘२५–२६ गतेतिर सबै स्थानीय गाउँ जाने तयारीमा छन् । त्यसपछि उतै गएर प्रचार प्रसार हुन्छ । अहिले गाउँलेहरूको यात्रा अनुमति पत्र बनाउनमा सहयोग गर्ने गरिरहेको छु’ बोहराले भने ।
त्यस क्षेत्रमा निर्वाचनका लागि खटिने कर्मचारी तथा निर्वाचन सामग्रीका लागि हेलिकोप्टरको व्यवस्था गर्न निर्वाचन आयोगमा अनुरोध गरेको दार्चुलाका मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए । सुरक्षाकर्मी भने छाङरुमा रहेको सशस्त्र प्रहरीको ५० नम्बर गुल्म, सीतापुल प्रहरी चौकी र सीमा प्रहरी चौकी तिंकरका जनशक्तिहरू परिचालन गर्ने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
-
५० लाख नगद र १६९ ग्राम सुनसहित ५ जना पक्राउ
-
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने
-
यस्तो छ एकीकृत समाजवादीको ९३ सदस्यीय केन्द्रीय कमिटी (नामसहित)
-
जसपाले लियो सरकारबाट समर्थन फिर्ता, मन्त्रीद्वारा राजीनामा
-
कोशी प्रदेशस्तरीय महिला फुटबल : इलाम र ताप्लेजुङ सेमिफाइनलमा प्रवेश