एनआईसी एशिया बैंकका ग्राहकले छुट पाउने समझदारी
एनआईसी एशिया बैंकका ग्राहकलाई छुट उपलब्ध गराउने गरी सम्झौता भएको छ । महाराजगन्जस्थित महाराजगन्ज प्लाजामा रहेको ग्यालेक्सी स्पेसियालिटि क्लिनिकमा विभिन्न रोग सम्बन्धी विशेषज्ञ सेवा लिँदा एवं काठमाडौं प्याथ्ल्याब एण्ड डाइग्नोस्टिक सेन्टरमा ल्याब टेष्ट गर्दा २५ प्रतिशत छुट उपलब्ध हुने गरी सम्झौता भएको हो ।
समझदारीपत्रमा बैंकको तर्फबाट बैंकका लाइफ स्टाइल युनिभर्स प्रमुख विमल लम्साल तथा क्लिनिक एवं सेन्टरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प लामिछानेले हस्ताक्षर गरे । समझदारी अनुसार बैंकका ग्राहकहरुले सेवा लिए वापत डिजिटल भुक्तानी गर्दा २५ प्रतिशत छुट उपलब्ध हुने व्यवस्था गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैंकका ग्राहकहरुले क्लिनिकबाट रक्तअल्पता, फोक्सो एवं श्वास–प्रश्वास, उच्च रक्तचाप, दम, बाथ, मुटु लगायतमा विशेषज्ञ सेवाहरु तथा सेन्टरबाट Hematology, Microbiology, Histopathology, Immuno Assay (ElA), Cytopathology, FNAC, Immunofluorescence, Auto Immune Panel, Flow Cytometry र Kidney stone Analysis (FT-IR Technology) परीक्षणहरु गर्न सक्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूरा भयो ट्रम्पको मन्त्रीमण्डल
-
दिवङ्गत पदम राईलाई माओवादी अध्यक्ष प्रचण्ड लगायत नेता–कार्यकर्ताले दिए श्रद्धाञ्जली (तस्बिरहरू)
-
गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित
-
नवलपरासी पूर्वमा ‘विद्यार्थीसँग प्रशासन’ अभियान सुरु
-
कुनै समयमा कट्टर प्रतिद्वन्द्वी एन्डी मुरेलाई आफ्नो प्रशिक्षक बनाए नोभाक योकोभिचले
-
सभामुख घिमिरे र कम्बोडियन समकक्षीबिच भेटघाट