बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

लोकतन्त्रको रक्षाका लागि यूक्रेनलाई सैन्य सहयोग गरियो : बाइडेन

बुधबार, २१ वैशाख २०७९, २० : ४२
बुधबार, २१ वैशाख २०७९

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले यूक्रेनका लागि गरेको सैन्य सहयोग प्रजातन्त्रको रक्षाका लागि भएको प्रतिक्रिया दिएका छन् । रुससँग जुधिरहेको यूक्रेनका लागि अमेरिकी सैन्य सहयोग महत्वपूर्ण भएको भन्दै राष्ट्रपति बाइडेनले यसको श्रेय अमेरिकी हतियार निर्माण कम्पनीलाई जाने बताए । 

पछिल्लो समय रुसी आक्रमणमा परी युक्रेनका २७ सर्वसाधारण मारिएका यूक्रेनी सञ्चारमाध्यमले जनाएका छन् । यूक्रेनको पूर्वी क्षेत्रमा रहेको डोनेट्स्क शहरमा भएको रुसी आक्रमणमा २७ जना मारिएका र दर्जनौं घाइते भएका अधिकारीले बताएका यूक्रेनी सञ्चारमाध्यमले जनाएका छन् ।

यूक्रेनका राष्ट्रपति भोलिदिमीर जेलेन्स्कीले मारियुपोलमा हालसम्म १५६ जनाको उद्धार गरेको जानकारी दिए । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भने मारियुपोलमा फसेका बाँकी नागरिकलाई स्टील कारखानाबाट बाहिर निकाल्न थप प्रयास भइरहेको बताएका छन् । पोप फ्रान्सिसले रुस युक्रेन युद्धका विषयमा चिन्ता व्यक्त गर्दै युद्धविरामका लागि रुसी राष्ट्रपति भ्लादिमीर पुटिनलाई भेट्ने प्रस्ताव अघि सारेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप