बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

‘केजीएफ–२’ सफल भएपछि प्रशान्त नीलले दोब्बर बनाए फिस

बुधबार, २१ वैशाख २०७९, २० : २३
बुधबार, २१ वैशाख २०७९

साउथ सुपरस्टार यश अभिनित फिल्म ‘केजीएफ–२’ ले बक्स अफिसमा लगातार रेकर्ड तोडिरहेको छ । ‘केजीएफ–२’ विश्वभर १ हजार करोड भारतीय रुपैयाँ कलेक्सन पार गरिसकेको छ । ‘आरआरआर’, ‘बाहुबली २’ र ‘दंगल’ पछि ‘केजीएफ–२’ हजार करोड कमाउने पहिलो भारतीय फिल्म बनेको हो ।

‘केजीएफ–२’ प्रशान्त नीलले निर्देशन गरेका हुन् । आफ्नो करियरमा अहिलेसम्म तीन फिल्म निर्देशन गरेका नीलको तीनै फिल्म बक्स अफिसमा सफल भएको छ । पछिल्लो समयको ‘केजीएफ–२’ ले निकै चर्चा पाएका उनले अहिले आफ्नो फिस समेत बढाएका छन् । जसको कारण पनि नील चर्चामा छाएका छन् ।

‘केजीएफ–२’ को सफलतापछि नीलले आफ्नो फिस दोब्बर बनाएका हुन् । अहिले ‘बाहुबली’ स्टार प्रभासको साथ ‘सालार’ फिल्म सुटिङ गरिरहेका नीलले ‘केजीएफ’ मा २५ करोड फिस लिएका थिए । त्यो अहिले बढाएर दोब्बर अर्थात ५० करोड बनाएको समाचार आएको छ । ‘सालार’ पनि ‘केजीएफ’ निर्माण कम्पनी हम्बल फिल्मस्ले निर्माण गरिरहेको हो । 
१४ अप्रिलमा रिलिज ‘केजीएफ–२’ मा यशको अलवा संजय दत्तको पनि मुख्य भूमिका रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप