पुलिसको दुवै टोलीलाई सफलता
विभागीय टोली नेपाल पुलिस क्लबको महिला तथा पुरुष दुवै टोलीलाई छैटौं आरबिबि–एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग २०७९ मा बुधबार सफलता प्राप्त भएको छ । महिला तर्फ पुलिसले बुटवलको एभरेस्ट भलिबल क्लबलाई २५–१८, २५–१९, २५–१४ ले तथा पुरुष तर्फ गण्डकी प्रदेश भलिबल क्लबलाई २५–२३, २५–१६, ३२–३० ले पराजित गर्दै सफलता प्राप्त गरेको हो ।
यस्तै आजै भएको महिला तर्फको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले होङ्गवाङ्गजी न्यू डायमण्ड क्लबलाई २५–१६, २५–१२, २५–१२ ले पराजित गरेको छ । नेपाल पुलिसको यो जितसँगै दुई खेलबाट ६ अंक बनाएको छ भने सेनाको तीन खेलबाट ६ अंक नै रहेको छ । यस्तै नेपाल एपिएफ क्लबको ३ अंक, एभरेस्ट भलिबलको २ अंक र न्यू डायमण्डको १ अंक रहेको छ ।
न्यू डायमण्डकी स्टार खेलाडी प्रतिमा माली घुँडामा चोट बोकेका कारण यस प्रतियोगितामा अनुपस्थित रहेकी छिन् । राष्ट्रिय वाणिज्य बैंकको प्रायोजनमा भएको प्रतियोगिताको पुरुष तर्फ टिपटप हेल्प नेपालले एपिएफ माथि ३–१ को जित निकाल्यो ।
टिपटपले एपिएफलाई २५–२२, २५–१९, २८–३० र २५–२३ ले पराजित गर्यो । पुलिसले यो जितसँगै ९ अंक बनाएको छ । यस्तै हेल्प नेपालको ८ अंक, सेनाको ९ अंक, एपिएफको ३ अंक, गण्डकीको ४ र गलकोटको ० अंक रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलंकी बलात्कार घटनाका फरार आरोपित पक्राउ
-
बागमती प्रदेश : संसदीय समिति सभापतिको निर्वाचन कार्यक्रम सार्वजनिक
-
ललितपुर मेयर महिला टी–२० क्रिकेट : एपीएफ क्लबको लगातार चौथो जित
-
बालविकास शिक्षा सुधारको माग गर्दै अध्यक्ष चापागाईँले सुरु गरे धर्ना
-
नेपालमा विद्युतीय सवारी साधनको प्रमोसन गर्नुपर्छ : कुलमान घिसिङ
-
पहेँलो धातु देखाई सुन ठगी गर्ने युवक पक्राउ