सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीका कार्यकर्ताबाट एमालेका कार्यकर्ता कुटिए

बुधबार, २१ वैशाख २०७९, १९ : २४
बुधबार, २१ वैशाख २०७९

कञ्चनपुरमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताबाट नेकपा एमालेका कार्यकर्ता कुटिएका छन् । भीमदत्त नगरपालिका–१९ बागफाँटामा एमालेका स्थानीय कार्यकर्ता अञ्जु चौधरी र राजेन्द्रप्रसाद अवस्थी कुटिएका एमाले  कञ्चनपुर जिल्ला कमिटीका उपसचिव कर्णबहादुर चन्दले बताए ।

उनका अनुसार अञ्जुको टाउको र छातीमा चोट लागेको छ भने अवस्थीको पनि छातीमा चोट लागेको छ । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले बुधबार बागफाँटामा संयुक्त र्‍याली निकालेको थियो । माओवादी केन्द्रका वीरेन्द्र चन्द र रघुवीर धामीलगायतको समुहले कुटपिट गरेको भन्दै एमालेले प्रहरीमा उजुरी दिएको चन्दले बताए । उनले भने ‘कुटपिट गर्नेहरुलाई कारबाहीको माग गर्दै निवदेन दिएका छौं, घाइतेहरूलाई महाकाली अस्पतालमा भर्ना गरेका छौं,’ उनले भने ।

बागफाँटा प्रहरी चौकीका इन्चार्ज वीरेन्द्र पुजराले एमाले र माओवादी कार्यकर्ताबीच सामान्य विवाद भएको बताए । ‘आज बागफाँटामा माओवादीको र्‍याली थियो, त्यो र्‍यालीमा एमालेका कार्यकर्ता पुगेछन्,’ उनले भने, ‘हाम्रो र्‍यालीमा किन आएको भनेपछि विवाद भएको रहेछ ।’ घटनाको विषयमा दुबै पक्षबाट उजुरी आएको भन्दै उनले बोलाएर छलफल गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप