शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

निक्षेपको तुलनामा कर्जा माग तीन गुणाले बढ्यो

बुधबार, २१ वैशाख २०७९, १९ : १२
बुधबार, २१ वैशाख २०७९

पछिल्लो हप्ता बैंकिङ कारोबारमा निक्षेपको तुलनामा कर्जाको माग तीन गुणाले बढेको छ । बैंकर्स संघले दिएको रिपोर्ट अनुसार वैशाख ९ देखि १६ गतेसम्म २७ वटा वाणिज्य बैंकहरुको कुल निक्षेप १ अर्बले मात्र बढ्दा कर्जा लगानी ३ अर्ब रुपैयाँले बढेको हो ।

बैंकहरुले पछिल्लो हप्ता १ अर्बले निक्षेप बढाउँदै कुल ४३ खर्ब ६८ अर्ब रुपैयाँ संकलन गरेका छन् भने कर्जा लगानी तर्फ तीन अर्बले बढाउँदै वैशाख १६ गतेसम्म ४१ खर्ब ९७ अर्ब रुपैयाँ लगानी गरेका छन् । यस्तो निक्षेप÷कर्जा अघिल्लो हप्ता बैंकहरुले कुल ४३ खर्ब ६७ अर्ब संकलन गर्दै ४१ खर्ब ९४ अर्ब लगानी गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप