शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

मतदातालाई बाढ्न लागेको आशंकामा प्रहरीले नियन्त्रणमा लियो पाइप

बुधबार, २१ वैशाख २०७९, १८ : ३७
बुधबार, २१ वैशाख २०७९

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा वितरणका लागि लगिएको पाइप प्रहरीले नियन्त्रणमा लिएको छ । वडा कार्यालयको चालु आर्थिक वर्षको बजेटबाट दिक्तेल बजारमा खरिद गरिएको खानेपानीको पाइप वडा कार्यालय लैजाने क्रममा प्रहरीले बाटैबाट नियन्त्रणमा लिएको हो । 

एमालेले मतदाता प्रभावित पार्ने उदेश्यले खानेपानीको पाइप बाँड्न लागेको भन्ने सूचनाको आधारमा प्रहरीले १६ क्वाइल पाइप नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको पाइप हाल प्रहरी चौकी खानीडाँडामा राखेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए । यो पाइप अब ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनपछि फिर्ता दिने प्रहरीले जनाएको छ ।

वडा सचिव पवन श्रेष्ठले वडा कार्यालय लैजाँदै गरेको अवस्थामा प्रहरीले पाइप नियन्त्रणमा लिइएको बताए । वडा कार्यालयले हरेक वर्ष डेढ लाखको पाइप खरिद गरेर दलित, जनजाति, महिला लगायतलाई वितरण गर्दै आएको उनको भनाइ छ । सोही अनुसार वडा कार्यालयले गत चैतमै पाइप बाँड्ने निर्णय गरेको थियो । तर, हार्डवेयर पसलका सञ्चालकहरूले ढिला गरी पाइप ल्याएकाले तोकिएको समयमा बाँड्न नसकिएको वडाध्यक्ष डिल्ली चाम्लिङले बताए । चाम्लिङ पुन: एमालेबाट वडाध्यक्ष बन्ने चुनावी दौडमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप