बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बुस्टर डोज नलगाएकाहरुलाई मतदान केन्द्रमा खोप कार्ड अनिवार्य

बुधबार, २१ वैशाख २०७९, १७ : २८
बुधबार, २१ वैशाख २०७९

सरकारले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सहभागी हुने बुस्टर डोज नलाएका मतदाताहरूलाई अनिवार्य खोप कार्ड लिएर जान आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता डा.संगिता कौशल मिश्राले बुस्टर डोज नलगाएकाहरुले चुनावमा सहभागी हुँदा अनिवार्य रुपमा खोप कार्ड लिएर जान आग्रह गरिन् ।

मिश्राले सबै मतदान केन्द्रमा हेल्थ डेस्क (खोप केन्द्र) स्थापना गर्न लागिएको जानकारी दिँदै हेल्थ डेस्कमा बुस्टर डोज खोप लगाउने जानकारी समेत दिइन् । बुस्टर डोज नलाएकाहरुले मतदानस्थल नजिकै रहने खोप केन्द्रमा गएर खोप लगाउन समेत प्रवक्ता मिश्राले आग्रह गरिन् ।

खोप कार्ड सम्भव नभएको खण्डमा परिचय पत्र वा अभिभावकले नाम र  उमेर घोषणा गरेको परिचयपत्रका आधारमा खोप दिइने व्यवस्था गरिएको उनले बताइन् । मन्त्रालयले सबै मतदान केन्द्रमा हेल्थ (खोप केन्द्र) पनि स्थापना गर्ने तयारी गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप