शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरी महानिरीक्षक मानव अधिकार उल्लंघनकर्ताका आरोपी : सदस्य ठाकुर

बुधबार, २१ वैशाख २०७९, १७ : ००
बुधबार, २१ वैशाख २०७९

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुरले सरकारले मानव अधिकार उल्लंघनकर्ताका आरोपीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको आरोप लगाएका छन् । बुधवार आयोगको कार्यालयमा आयोजित पत्रकार भेटघाटका क्रममा बोल्दै सदस्य ठाकुरले नवनियुक्त प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई मानव अधिकार उल्लंघनकर्ताको आरोप रहेको बताए ।

उनले मानव अधिकार उल्लंघनकर्तालाई प्रहरी महानिरीक्षक नियुक्त गरेर सरकारले राज्यसत्ताको दुरुपयोग गरेको बताए । महानिरीक्षक सिंहको सम्बन्धमा आयोगले अनुसन्धान गरिरहेको पनि उनले उल्लेख गरे ।  उनले महानिरीक्षक सिंहको सम्बन्धमा थप अनुसन्धान गर्न पनि सरोकारवाला सबैलाई आव्हान गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप