शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

घ्यू र मिश्री एकैपटक खाँदा शरीरलाई मिल्छ यी ६ फाइदा, खाने तरिका कस्तो ?

बुधबार, २१ वैशाख २०७९, १६ : ४३
बुधबार, २१ वैशाख २०७९

गुणस्तरीय घ्यू र मिस्री एकैपटक खाँदा शरीरलाई थुप्रै फाइदा मिल्छ । मानिसले खाना खाएपछि मिस्री र सौफ त खान्छन् तर तपाईंले कहिल्यै घ्यूसँग मिस्री खानुभएको छ ? घ्यू स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छन् । घ्यूमा पाइने गुण र पोषक तत्व शरीरका थुप्रै रोगबाट रक्षा पनि गर्छ । रुघा–खोकीदेखि शरीरको प्रतिरोधी क्षमता बढाउने सम्म मिस्री र घ्यूको सेवन असाध्यै फाइदाजनक मानिन्छ । घ्यूमा लिनोलिक एसिड पाइन्छ जसले शरीरमा भएका एक्स्ट्रा फ्याटलाई कम गर्नमा पनि फाइदाजनक हुन्छ । आयुर्वेदमा घ्यूलाई औषधीको रुपमा प्रयोग गरिन्छ । स्वस्थ र पौष्टिक खानपानले शरीरलाई स्वस्थ राख्छ ।

घ्यू र मिस्री खानुका फाइदाः

घ्यूमा पाइने घ्यूले शरीरको रोग प्रतिरोधी क्षमता बढाउन पनि निकै उपयोगी हुन्छ । यदि तपाईं सधैँ घ्यूसँग एक चम्चा मिस्रीको सेवन गर्नुहुन्छ भने तपाईंको शरीरमा भएका विभिन्न प्रकारका समस्या हट्छन् र शरीर निरोगी हुन्छ । मिस्रीको सेवनले शरीरमा रगतको कमी पूरा गर्नका लागि पनि फाइदाजनक मानिन्छ ।

१. शरीरको रोग प्रतिरोधी क्षमता बढाउँछः

शरीरको प्रतिरोधी क्षमता कमजोर हुँदा तपाईं निकै सजिलै संक्रमण र रोगको शिकार हुनुहुनेछ । शरीरको प्रतिरोधी क्षमता बढाउनका लागि घ्यू र मिस्री एकैपटक खानु फाइदाजनक हुन्छ । यसका लागि तपाईंले दैनिक बिहान एक चम्चा घ्यू र एक चम्चा मिस्रीको सेवन गर्नुहोस् ।

२. रुघा–खोकीमा फाइदाजनकः

शरीरको रोग प्रतिरोधी क्षमता कमजोर हुँदा तपाईंलाई निकै छिटो रुघा–खोकीले समात्ने गर्छ । रुघा–खोकी हुँदा एक चम्चा घ्यू लिएर त्यसमा एक चम्चा मिस्री मिसाउनुहोस् र यसमा कालो मरिचको पाउडर हाल्नुहोस् । यी तीनै चिजलाई राम्रोसँग मिसाएर हल्का तातो पानुहोस् र खानुहोस् । यस्तो मिश्रण दुई तीनपटक सेवन गर्दा निकै फाइदा मिल्छ ।

३. शरीरमा हिमोग्लोबिन बढाउन उपयोगीः

शरीरमा हिमोग्लोबिनको स्तरको बढाउन पनि घ्यू र मिस्रीको सेवन निकै फाइदाजनक हुन्छ । कतिपटक खानपानमा गडबडी र केही रोगका लागि तपाईंको शरीरमा हिमोग्लोबिनको स्तर कम हुन्छ । यो समस्यालाई रगतको कमी भनिन्छ । शरीरमा रगतको कमी वा हिमोग्लोबिनको स्तर कम हुँदा तपाईंले मिस्री र घ्यू एकैपटक सेवन गर्नुपर्छ ।

४. पाचन तन्त्र बलियो बनाउनुहोस्ः

पाचन तन्त्रमा खराबी हुँदा तपाईंको पेटमा ग्यासको समस्या, कब्जियत र पाचनसँग सम्बन्धित अन्य समस्या हुन्छ । पाचन तन्त्रलाई उत्कृष्ट बनाउनका लागि घ्यू र मिस्रीको सेवन असाध्यै फाइदाजनक मानिन्छ । घ्यूमा पाचन तन्त्रका लागि उपयोगी थुप्रै गुण हुन्छन् जुन शरीरको पाचनलाई बलियो बनाउने काम गर्छन् । पाचन तन्त्र सही हुँदा तपाईं जुन चिज सेवन गर्नुहुन्छ, त्यसबाट निकै सजिलै पोषक तत्व अवशोषित गर्नमा पनि फाइदा मिल्छ ।

५. शरीरलाई ऊर्जा दिन उपयोगीः

यदि तपाईंलाई थकान वा शरीरमा ऊर्जाको कमी महसुस हुन्छ भने घ्यू र मिस्री तपाईंका लागि निकै फाइदाजनक हुनसक्छ । घ्यू र मिस्रीको एकसाथ सेवन गर्दा तपाईंको शरीरले तत्काल ऊर्जा मिल्छ र थकान वा कमजोरी पनि हट्छ ।

६. फूड पोइजनिङमा मिल्छ फाइदाः

खानपानमा असन्तुलन र गलत खाद्य पदार्थको सेवन गर्दा तपाईंलाई फूड पोइजनिङको समस्या हुनसक्छ । यो समस्यामा घ्यूका साथै मिस्री खाँदा फाइदा मिल्न सक्छ । यो समस्यामा तपाईंको डाक्टरको सल्लाह लिएर घ्यू र मिस्री एकैपटक सेवन गर्न सक्नुहुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप