आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सार्वजनिक स्थानमा काँग्रेस उम्मेदवारको प्रचार सामग्री

बुधबार, २१ वैशाख २०७९, १६ : ४१
बुधबार, २१ वैशाख २०७९

निर्वाचन आचारसंहित विपरीत तिलोत्तमा नगरपालिकामा नेपाली काँग्रेसका नगर प्रमुख पदका उम्मेदवार रामकृष्ण खाणले सार्वजनिक स्थानमा प्रचार सामग्री राखेको पाइएको छ । निर्वाचन आचारसंहिताअनुसार सार्वजनिक ठाउँमा उम्मेदवारको प्रचार सामग्री राख्न पाइँदैन । 

उम्मेदवार खाणको प्रचार सामग्री योगीकुटी सडक किनारमा राखेको पाइएको हो । निर्वाचन आयोगले यही १९ वैशाखमा सबै जिल्ला प्रशासन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालयलाई पत्र लेख्दै सार्वजनिक स्थानमा पार्टीका झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न नहुने आचारसंहिताको पालना गराउन निर्देश गरेको थियो । 

आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयनका सन्दर्भमा पठाएको पत्रमा प्रचारात्मक सामग्री प्रयोग गरेको पाइएमा तत्काल हटाउने वा हटाउन लगाउने उल्लेख छ । त्यस्तो सामाग्री जुन स्थानमा राखिएको छ सोही स्थानीय तहको उम्मेदवारले राखेको ठहर गरी सोही दल वा उम्मेदवारबाटै हटाउन आदेश दिई आदेशको बर्खिलाप गर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्ने र कुनै उम्मेदवारले आयोगले बनाएको आचारसंहिताको उल्लघंन गरेको कारणबाट निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित तवरबाट हुन नसक्ने कुरामा आयोग विश्वस्त भएमा त्यसको स्पष्ट आधार र कारण खोली आयोगले त्यस्तो उम्मेदवारको उम्मेदवारी रद्द समेत गर्ने प्रावधान छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप