सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

अन्नपूर्ण केबलकारकोे दुई अफर सार्वजनिक

बुधबार, २१ वैशाख २०७९, १६ : ३०
बुधबार, २१ वैशाख २०७९

अन्नपूर्ण केबलकारले दुई अफर सार्वजनिक गरेको छ । जसअनुसार भर्खरै एस.ई.ई. दिई बसेका छात्रछात्राहरूलाई अन्नपूर्ण केबलकारले केबुलकार चढ्दा ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ ।

यस योजनामा सहभागी हुनका लागि विद्यार्थी छात्रछात्राहरूले यस वर्ष एस.ई.ई. परीक्षामा सामेल भएको परीक्षा प्रवेश पत्र अनिवार्य देखाउनु पर्नेछ । यो योजना वैशाख वैशाख ३० सम्म लागु हुने केबलकारले जनाएको छ । साथै, नव विवाहित जोडीका लागि पनि अन्नपूर्ण केबलकारले विशेष अफरको घोषणा गरेको छ । जस अन्तरगत १ टिकटको खरीदमा अर्काे एक केबुलकार टिकट निःशुल्क प्रदान गर्नेछ ।

यो योजना २०७९ असार मसान्तसम्म लागु हुने केबलकारले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप