मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सूर्या लाइफद्वारा बिलम्ब शुल्क बुझाउन आग्रह, बीमितले छुट पाउने

बुधबार, २१ वैशाख २०७९, १६ : २६
बुधबार, २१ वैशाख २०७९

सूर्या लाइफ इन्स्योरेन्सले तोकिएको समयमा बीमाशुल्क नबुझाउने बीमितहरुलाई अबिलम्ब शुल्क बुझाउन विशेष आग्रह गरेको छ । बुधबार एक सूचना जारी गर्दै कम्पनीले बीमाशुल्क नबुझाउनेलाई यथाशीघ्र शुल्क बुझाउन आग्रह गर्दै सो अवधिको ब्याजमा समेत विशेष छुट दिने घोषणा गरेको हो । 

सूचना अनुसार २०७९ बैशाख २१ गतेदेखि २०७९ जेठ ३१ गतेसम्म तोकिएको सबै प्रकृया पुरा गरी पुनर्जागरण (नवीकरण) गराएमा पुनर्जागरण गर्दा लाग्ने ब्याजमा अधिकतम ३५ प्रतिशतसम्म छुट प्रदान गरिने कम्पनीले जनाएको छ । यस्तो छुट अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिले २ वर्षदेखि व्यतित भएका बीमालेखमा प्रदान गरिने कम्पनीले जनाएको छ । 

तर सन् २०२२ मा परिपक्व हुने बीमालेखहरुमा भने यस्तो छुट लागू नहुने कम्पनीको भनाइ छ । यस्तै, एक पटक ब्याज छुट लिइसकेका बीमितहरुले समेत यस्तो छुट नपाउने सूचनामा उल्लेख छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप