शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय स्थल सेनाध्यक्षमा मनोज पाण्डे, नेपाली सेनाले दियो बधाई

बुधबार, २१ वैशाख २०७९, १६ : २३
बुधबार, २१ वैशाख २०७९

भारतीय स्थल सेनाध्यक्षमा जनरल मनोज पाण्डे नियुक्त भएका छन् । हालै सेनाध्यक्षमा नियुक्ति भएका उनलाई नेपाली सेनाले बधाई दिएको छ ।

बुधबार प्रधानसेनापति प्रभुराम शर्माले भिडियो कन्फरेन्स मार्फत उनलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका छन् । शर्माले उक्त भिडियो कन्फरेन्सको दौरान नेपाली सेना र भारतीय सेनाबीच रहँदै आएको परम्परागत विशिष्ट सम्बन्ध र आपसी सहयोग, उनको कार्यकालमा अझ उचाईमा पुग्ने विश्वास व्यक्त गरेको नेपाली सेनाले जनाएको छ ।

साथै, उक्त अवसरमा भारतीय थल सेनाध्यक्ष जनरल पाण्डेले प्रधान सेनापति महारथी शर्माले दिएको नेपाल भ्रमणको निम्ता स्वीकारेका छन् । सो क्रममा उनले आपसी समन्वय र उपयुक्त समयमा नेपालको भ्रमण गर्ने विश्वास दिलाउँदै दिलाएको सेनाको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप