आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

बुधबार, २१ वैशाख २०७९, १६ : १६
बुधबार, २१ वैशाख २०७९

मुगु जिल्लाको छायाँनाथ नगरपालिका वडा नम्बर २ मा पक्की सिँढी निर्माण गर्दा भ्रष्टाचार गरेको आरोपमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ । उनीहरुले अदालत चोकदेखि प्रशासनसम्मको सडक निर्माण गर्दा वास्तविक कार्यभन्दा बढी कार्य भएको देखाई २९ लाख ७७ हजार ८२१ रुपैयाँ हानी नोक्सानी पुर्‍याएको अख्तियारको ठहर छ ।

प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारु, असिस्टेन्ट सव-इञ्जिनियर हस्तबहादुर मल्ल, इञ्जिनियर महेश सिंह कठायत, उपभोक्ता समितिका अध्यक्ष राममाया मल्ल र कोषाध्यक्ष रत्नादेवी हमालविरुद्ध अख्तियारले मुद्दा दर्ता गरेको हो ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय खण्ड (ग) र (ङ) को कसुर गरेको देखिएको बताउँदै उनीहरुलाई सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिने र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) को कसुर गरेको देखिँदा सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय हुने एवम् प्रतिवादीहरुबाट असुल तथा जफत गरिएको बिगो छायाँनाथ रारा नगरपालिका मुगुलाई उपलब्ध गराउने मागदाबीसहित विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप