सेयर बजार परिसूचक २२ सयमा झर्यो, कारोबार एक अर्बमा सीमित
बुधबार सेयर बजार परिसूचक नेप्से ३१ अंकमाथिले घट्दै २२ सयको रेञ्जमा झर्न पुगेको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार आज यस्तो सूचक ३१.७६ अंकले घट्दै २२ सय ७५.६८ अंकमा झरेको हो । उसो त ३१ अंक माथिले घटेको बजारमा आज कारोबार रकमसमेत एक अर्ब २६ करोड ९२ लाखमा सीमित भएको छ । यसदिन १३ वटा उपसूचक नै ऋणात्मक हुँदा बजार नै राताम्मे भएको छ ।
आज जीवन बीमा समूहको उपसूचक सबैभन्दा बढी २.३४ प्रतिशतले घटेको छ भने, हाइड्रोपावर समूहको २.३३ प्रतिशतले, डेभलपमेन्ट बैंक समूहको २.१९ प्रतिशतले, ट्रेडिङ समूह २.०४ प्रतिशतले र फाइनान्स समूहको उपसूचक २.०३ प्रतिशतले घटेको छ ।
यस्तै, निर्जीवन बीमा समूह २.०१ प्रतिशतले घटेकोमा इन्भेष्टमेन्ट समूह १.४२ प्रतिशतले घटेको छ । यस्तै माइक्रोफाइनान्स समूह १.१४ प्रतिशतले, होटल एण्ड टुरिजम १.३७ प्रतिशतले र बैंकिङ समूह ०.८५ प्रतिशतले घटेको छ ।
यसदिन सबैभन्दा बढी जाल्पा लघुवित्तका सेयरधनीहरूले अधिकतम ९.९९ प्रतिशतले कमाएका छन् भने सबैभन्दा बढी ग्रीन भन्चर्स लिमिटेडका लगानीकर्ताहरूले ९.३६ प्रतिशतले गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरोही कान्छा शेर्पालाई एभरेष्ट टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्ड
-
क्यान्सरविरुद्धको सबै एचपीभी खोप ल्याइयो
-
खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
-
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको घटनाप्रति कांग्रेसको निन्दा
-
१० बजे १० समाचार : रिहा भए रवि, राष्ट्रपतिलाई मनाउन प्रमको फोन
-
अध्यादेशले तरंगित राजनीति, एकैसाथ जुर्मुराए सरकार र प्रतिपक्ष