शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

डिजिटल वालेटमा क्रेडिट कार्डबाट लोड गरिएको रकम मात्र बैंकमा ट्रान्सफर नहुने

बुधबार, २१ वैशाख २०७९, १५ : ५०
बुधबार, २१ वैशाख २०७९

नेपाल राष्ट्र बैंकद्वारा बैशाख १९ मा जारी निर्देशन अनुसार अब क्रेडिट कार्डबाट लोड गरिएको रकम बैंकमा ट्रान्सफर गर्न नमिल्ने प्रावधान लागु भएको छ । सो प्रावधान खल्ती डिजिटल वालेटले २ वर्ष अघिदेखि नै लागु गर्दै आइरहेको थियो ।

यस निर्देशन लागु भएलगत्तै, अब क्रेडिट कार्डबाट लोड गर्ने प्रयोगकर्ताले रकम वस्तु तथा सेवाको विद्युतीय भुक्तानीका लागि मात्र प्रयोग गर्न पाउनेछन् । क्रेडिट कार्ड बाहेक अरु अनलाइन माध्यमबाट लोड गरिएको रकम भने नेपाल राष्ट्र बैंकको ट्रान्सफर सीमामा रही सहजै ट्रान्सफर गर्न सकिने कम्पनीले जनाएको छ । 

यसका बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘खल्ती’ ले नेपाल राष्ट्र बैंकको निर्देशन अघि नै यस प्रावधानको पालना गर्दै आएको छ । यो व्यवस्थाले डिजिटल माध्यमहरूको जिम्मेवारीपूर्ण प्रयोगतर्फ थप एक कदम अघि लिएको रूपमा काम गर्नेछ भन्ने हाम्रो विश्वास छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप