काठमाडौं ७७ वटै जिल्लावासीकाे हाे, सबैलाई समान व्यवहार हुन्छ
काठमाडौं महानगरपालिकाको मेयर पदकी उम्मेदवार सिर्जना सिंहले काठमाडौं महानगरमा शिक्षा, स्वास्थ्य र स्वच्छ सफा काठमाडौं नै प्रमुख एजेन्डा भएको बताएकी छन्। शिक्षक संघकाे महानगर समितिले आयोजना गरेको छलफल कार्यक्रममा महानगरवासीमा सबैलाई शिक्षा र स्वास्थ्य सबैको पहुँचमा पु¥याउने नै मेरो ध्यान रहेको बताइन।
उनले शिक्षक पेशा भनेकाे मानिसलाई असल नागरिक बनाउने पेशा भएकाेले अब जनताबाट पनि असल नागरिक निर्वाचित गराउने अभिभारा शिक्षककाे रहेकाे बताइन् । आफू मेयर भए सार्वजनिक शिक्षाकाे समस्या समाधान गर्न अभिभावक भएर काम गर्ने प्रतिवद्धता हुने उनले बताइन् । सामुदायिक शिक्षामा सुधार नगरेसम्म देश बन्दैन, महानगरमा सवैले भर्ना गर्न लायक र पढ्न जाउ जाउ बनाउने छाैं,` सिंहले भनिन्।
काठमाडौंमा सुविधासम्पन्न अस्पताल खोलेर महानगरवासीलाई सहुलियतमा स्वास्थ्य सेवा दिने समेत सिंहले घोषणा गरिन्। ‘महानगरमा अस्पताल खोलेर दिन दु:खी र जेष्ठ नागरिकलाई निशुल्क उपचार दिने छौ,’ सिंहले भनिन् । महानगरले अस्पताल खोलेपछि सरकारी अस्पतालमा हुने चाप समेत कम हुने र अन्य अस्पतालको सेवा पनि सुधारिने सिंहले बताइन्।
महानगरको आगामी मेयरका रुपमा नेपाली काँग्रेसले, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र जसपाको समेत साझा उम्मेदवार सिंहले काठमाडौं मुलुकको राजधानी पनि भएकोले सफा काठमाडौं बनाउनुको विकल्प नरहेको बताइन् ।
काँग्रेसका काठमाडौं जिल्ला सभापति सबुजकृष्ण बानियाँले पार्टी र पेशामा आवद्ध रहेका शिक्षकहरुकाे भूमिका महत्त्वपूर्ण हुने भएकाेले महिला नेतृत्व ल्याउन अभियान चलाउन आग्रह गरेका छन्। सवै अग्रजहरुले सिंह जिताउने अभियान अभुतपुर्व ढंगले आगाडि बढाउनु भएकाेले पनि जित नजिक रहेकाे दाबी सभापति बाँनियाले गरेका छन्। बाँनियाले एमालेले अगाडि सारेका मेयर उम्मेदवार केशव स्थापितमा मानसिक विचलन आएकाे बताएका छन्।
काँग्रेसका काठमाडौं महानगर सभापति निलकाजी साक्यले शिक्षक नै राजनीति गाेरेटाे देखाउने पहरेदार भएकाेले शिक्षकले साेही अनुसार लाग्नुपर्ने बताए। राजनीति लडाइँमा सिंहकाे भूमिका ठूलाे भएकाेले काँग्रेसले साेही अनुसार उम्मेदवार दिएकाले हार्ने छुट नरहेकाे बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसले किन दियो अफगानिस्तानमा तालिवानलाई मान्यता ?
-
एनपीएल फाइनलसम्म सुदूरपश्चिम रोयल्सकाे उडान, तस्बिरहरू
-
चार महिनामा प्रहरीको १४ वटा कार्यालय भवन तयार, ४२१ कार्यालय ‘आश्रित’
-
इरानले रोक्यो हिजब कानुनको कार्यान्वयन
-
जनकपुर बोल्ट्सलाई हराउँदै फाइनलमा पुग्ने पहिलो टोली बन्यो सुदूरपश्चिम रोयल्स
-
प्रचण्ड र विप्लवको तस्बिर शेयर गर्दै रञ्जित लेख्छन्– विचार र एजेण्डा मिल्ने शक्तिहरूबिच एकता अपरिहार्य