शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

सार्वजनिक बिदाबारे छलफल गर्न स्वास्थ्य मन्त्रालयले बोलायो बैठक

बुधबार, २१ वैशाख २०७९, १५ : ४१
बुधबार, २१ वैशाख २०७९

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आउँदो जेठदेखि आइतबार ओपिडी सेवा खुलाउने वा नखुलाउने भन्ने विषयमा छलफल गर्न स्वास्थ्यसँग सम्बन्धित सरोकारवाला निकायहरूलाई छलफलमा बोलाएको छ । 

बिहीबार सार्वजनिक विदाका विषयमा छलफल गर्न स्वास्थ्यसँग सम्बन्धित सरोकारवाला निकायहरूलाई बोलाइएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले बताए । सरकारले आइतबार शनिबार सार्वजनिक बिदा दिने निर्णय गरेपनि स्वस्थ्य क्षेत्रले निर्णय लिन सकेको छैन । 

मन्त्रालयमा यसबारे दिउँसो १ बजे पेशागत संगठनका प्रतिनिधि र अस्पतालका निर्देशकहरू बोलाइएको र त्यही बैठकबाट निर्णय लिइने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप