विप्लव समूहका विश्वकर्माको प्रतिक्रिया : हामीलाई कारवाही गर्नु पागलपना हो, त्यसको कुनै अर्थ छैन
नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा समूहका नेता खड्गबहादुर विश्वकर्माले विप्लवसहित आफूलाई कारवाही गर्नु पागलपना भएको टिप्पणी गरेका छन् । बुधबार चितवनमा बसेको हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला पक्षले विप्लवलाई महासचिव र विश्वकर्मालाई प्रवक्ताबाट हटाएपछि विश्वकर्माले आफूहरुलाई कारवाही गर्नुको अर्थ नभएको बताएका छन् । हेमन्तप्रकाश र धर्मेन्द्र पक्षको भेलाले महासचिवमा विप्लवलाई हटाएर संयोजकमा बास्तोलालाई बनाएको छ ।
‘उहाँ (हेमन्तप्रकाश र धर्मेन्द्र पक्ष) ले हामीलाई कारवाही गर्नु भनेको पागलपना हो त्यसको कुनै अर्थ छैन । हामीसँग पार्टी छँदैछ, त्यसलाई अघि बढाउँछौ’ रातोपाटीसँग छोटो प्रक्रिया दिँदै विश्वकर्माले भने,‘पार्टीको नीति विचारअनुसार हामी अघि बढ्छौ । त्यस्ता अनावश्यक कुरामा अल्झिँदैनौ ।’ तपाईंहरु एमालेसँग चुनावी तालमेल गरेकाले विभाजनको अवस्थामा पुगेको हो भन्ने प्रश्नमा विश्वकर्माले आरोप लगाउनेहरूसँग केही भन्न नसकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण