विप्लव समूहका विश्वकर्माको प्रतिक्रिया : हामीलाई कारवाही गर्नु पागलपना हो, त्यसको कुनै अर्थ छैन

नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा समूहका नेता खड्गबहादुर विश्वकर्माले विप्लवसहित आफूलाई कारवाही गर्नु पागलपना भएको टिप्पणी गरेका छन् । बुधबार चितवनमा बसेको हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला पक्षले विप्लवलाई महासचिव र विश्वकर्मालाई प्रवक्ताबाट हटाएपछि विश्वकर्माले आफूहरुलाई कारवाही गर्नुको अर्थ नभएको बताएका छन् । हेमन्तप्रकाश र धर्मेन्द्र पक्षको भेलाले महासचिवमा विप्लवलाई हटाएर संयोजकमा बास्तोलालाई बनाएको छ ।
‘उहाँ (हेमन्तप्रकाश र धर्मेन्द्र पक्ष) ले हामीलाई कारवाही गर्नु भनेको पागलपना हो त्यसको कुनै अर्थ छैन । हामीसँग पार्टी छँदैछ, त्यसलाई अघि बढाउँछौ’ रातोपाटीसँग छोटो प्रक्रिया दिँदै विश्वकर्माले भने,‘पार्टीको नीति विचारअनुसार हामी अघि बढ्छौ । त्यस्ता अनावश्यक कुरामा अल्झिँदैनौ ।’ तपाईंहरु एमालेसँग चुनावी तालमेल गरेकाले विभाजनको अवस्थामा पुगेको हो भन्ने प्रश्नमा विश्वकर्माले आरोप लगाउनेहरूसँग केही भन्न नसकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै
-
डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
-
रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म
-
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश