मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

निर्यातजन्य उद्योग संचालन गर्न श्रमिकलाई तालिमको व्यवस्था गरिनुपर्छ : अध्यक्ष गोल्यान

बुधबार, २१ वैशाख २०७९, १५ : १३
बुधबार, २१ वैशाख २०७९

नेपाल धागो उत्पादक संघका अध्यक्ष पवन गोल्यानले नेपालको निर्यातजन्य उद्योगको लागि सरकारले श्रमिकलाई तालिमको व्यवस्था गर्नु पर्ने बताएका छन् । बुधबार काठमाण्डौमा नेपाल आर्थिक पत्रकार संघले गरेको कार्यक्रममा उनले नेपालको गार्मेन्ट तथा निर्यातजन्य उद्योगहरुमा भारत तथा अन्य देशबाट श्रमिक ल्याएर चलाउनु परेकाले नेपाली श्रमिकलाई स्वरोजगार बनाउनु तालिमको आवश्यकता भएको बताए ।

सरकारले गार्मेन्टसम्बन्धी तालिमको राज्यले व्यवस्था गरेमा उद्योगहरुलाई नेपाली श्रमिक सस्तो र दिगो हुने अध्यक्ष गोल्यानको भनाइ छ । उनले सरकारले नेपालमा उत्पादित बस्तु निर्यातको लागि हवाइ भाडामा सहुलियत तथा एयर कार्गो सेवा सञ्चालन ल्याउन आग्रह गरे । सरकारले एयर कार्गो सेवा सञ्चालन गरेर अमेरिकामा नेपाली गार्मेन्टमा उत्पादन भएका वस्तु निर्यात गर्न सके नेपाली गार्मेन्ट उद्योगको ठूलो विकास हुन सक्ने गोल्यानले बताए ।

यस्तै अध्यक्ष गोल्यानले नेपालमा पाइने मौलिक बस्तुहरु उत्पादनको लागि आवश्यक नीतिगत व्यवस्था गर्नू पर्ने बताए । उनले नेपालका निर्यातजन्य उद्योगहरूले पनि मौलिक उत्पादनमा जोड दिन आग्रह गरे । नेपालको गार्मेन्ट उद्योगले मात्रै नेपालमा २ लाख मानिसहरुलाई रोजगारी र ५ हजार नयाँ उद्योग स्थापना गर्न सकिने तर सरकारले नीतिगत व्यवस्था गर्नु पर्ने अध्यक्ष गोल्यानले बताए ।

नेपालमा ६ खर्बको कपडा खपत हुने भए पनि १ खर्ब नेपाली उत्पादन रहेको बाँकी चोरबाटो मार्फत आउने गरेको बताए । यस्तै, पूर्व वाणिज्य सचिव चन्द्र घिमिरेले नेपालमा पछिल्लो समय व्यापार घाटा बढ्दै गएकाले मुलुक आर्थिक संकटतिर गएको बताए । उनले मन्त्रालयको सचिवले व्यापार घाटाको विषयमा बोल्दा विगतमा सरकारले लुकाउने गरेको बताए । यस्तै पूर्वसचिव घिमिरेले नेपालको निर्यात भन्दा पनि आयात महँगो हुनु पर्ने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप