शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सिद्धार्थ बैंकको प्लाटिनम प्लस बचत खातामा मासिक ८.०३५ वार्षिक ब्याजदर

बुधबार, २१ वैशाख २०७९, १४ : ५९
बुधबार, २१ वैशाख २०७९

सिद्धार्थ बैंक लिमिटेडले वार्षिक ८.०३५ ब्याज दिनेगरी ‘प्लाटिनम प्लस’ नामक बचत खाता सञ्चालनमा ल्याएको छ । बचत खातामै आकर्षक प्रतिफलको चाहना राख्ने ग्राहकहरू माझ यो बचत खाता रोजाइमा पर्ने बैंकले विश्वास लिएको छ ।

आकर्षक प्रतिफलका अतिरिक्त, प्लाटिनम प्लस खाता खोल्ने ग्राहकहरुले मासिक ब्याज भुक्तानी पाउनेछन् । यस्तै प्रायोरिटी बैंकिङ्ग सेवा, लकर सेवा शुल्कमा ५०% को छुट, (पहिलो वर्षको लागि), पहिलो वर्ष निःशुल्क, डेबिट कार्ड, इन्टरनेट बैंकिङ जस्ता सुविधा पनि प्रदान गरिने बैंकले जनाएको छ ।  सिद्धार्थ बैंकको १९० शाखा कार्यालयहरूबाट सहजै यो खाता खोल्न सकिने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप