गोरखाको पालुङटारमा सत्ता गठबन्धन भत्कियो, त्रिपक्षीय प्रतिस्पर्धा हुने

गोरखाको पालुङटार नगरपालिकामा सत्ता गठबन्धन भत्किएपछि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ। गोरखा जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको निर्वाचन क्षेत्र भएकाले उनले काँग्रेससँग तालमेल गर्न निक्कै जोडबल गरेका थिए। अन्तमा काँग्रेसले प्रमुख उपप्रमुखसहित वडामा एकल रुपमा प्रतिष्पर्धा गर्ने भन्दै जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले वक्तव्य जारी गरेपछि त्रिपक्षीय भिडन्त हुने भएको हो।
काँग्रेस र जसपाबीच चुनावी तालमेल भत्किएको सभापति न्यौपानेले बुधबार विज्ञप्ति मार्फत जानकारी गराएका छन्। अब काँग्रेसबाट मेयरमा दिपकबाबु कँडेल उप मेयरमा चेतकुमारी श्रेष्ठले प्रतिस्पर्धा गर्ने भएका छन्। जसपाबाट मेयरमा प्रेमबहादुर गुरुङले मात्रै उम्मेदवारी दिएका थिए। जसपाका संघीय परिषद् अध्यक्ष भट्टराईले उपमेयर काँग्रेसलाई दिएर मेयर लिन खोजेका थिए।
काँग्रेसले तालमेल नगर्ने भन्दै मेयर उपमेयरसहित वडामा एकल रुपमा प्रतिस्पर्धा गर्ने निर्णय गरेपछि जसपाका उपमेयर प्रतिस्पर्धामै नहुने भएको छ। यस्तै माओवादी केन्द्रबाट मेयरमा विवश चिन्तन, बन्दना पाण्डेले उम्मेदवारी दिएकी छन्। एमाले र नेकपा एकीकृत समाजवादीको जनमत कमजोर भएकाले प्रतिस्पर्धामै छैनन्। त्यहाँ काँग्रेस, माओवादी र जसपाबीच कडा प्रतिष्पर्धा हुँदै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गभर्नरको आशाले उचालियो सेयर बजार, ३७ अंकले बढ्दा ८२ अंकको उतारचढाव
-
अपडेट : आईपीएल एक साताका लागि स्थगित
-
भारतमा घट्दा पाकिस्तानमा बढ्यो सेयर बजार
-
बागमती प्रदेश निर्माण व्यवसायी महासङ्घद्वारा १० बुँदे मागपत्रसहित मुख्यमन्त्री कार्यालयमा निवेदन
-
सागर एक्लैले पाँच विकेट लिएपछि पुलिस स्कुलले सजिलै हरायो रत्नराज्यलाई
-
नेपालमा नोबेल ब्रान्डको लन्च