मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा : पोखरेल नियुक्त
बुधबार, २१ वैशाख २०७९, १४ : ४४
मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा पुनः प्रद्युमन पोखरेल नियुक्त भएका छन् ।
मंगलबार बसेको बैंकका सञ्चालक समितिको बैठकले उनलाई दोस्रो कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको हो । उनी यस अघि २०७५ जेठ १ गतेबाट बैंकको सिइओको जिम्मेवारीमा थिए । उनको दोस्रो कार्यकाल आगामी जेठ १ गतेबाट लागु हुने बैंकले जनाएको छ ।
विगत तीन दशक भन्दा धेरै बैंकिङ्गको क्षेत्रमा अनुभव रहेको पोखरेलले नबिल बैंक, मेगा बैंक नेपालमा उच्च स्थानको नेतृत्वमा विभिन्न जिम्मेवारी सम्हालेका थिए । २०७३ मंसिर १९ गतेदेखि उनी मुक्तिनाथ विकास बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत भएर प्रवेश गरेका थिए । हाल पोखरेल डेभलपमेन्ट बैंकरर्स असोसिएसन नेपालका अध्यक्ष समेत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘माओवादी केन्द्रीय समिति बैठकमा किचिएर मरिएला कि भन्ने डर भयो’
-
पर्यटन विकासका लागि निगमको स्तरोन्नति र स्रोत बजारमा सेवा विस्तार गर्न सुझाव
-
१० बजे १० समाचार : एमाले बैठकमा भीम रावलमाथिको कारबाहीबारे उठ्यो प्रश्न, रविविरुद्ध काठमाडौँमा पनि मुद्दा
-
विपद् प्राधिकरणको राष्ट्रिय परिषद्को बैठक सम्पन्न, सोमबार निर्णय सार्वजनिक गरिँदै
-
रास्वपाले रवि लामिछानेलाई भन्यो संस्थापक सभापति
-
विदेश पठाउँछु भनेर ठग्ने ३ जना पक्राउ