ज्योति लाइफ इन्स्योरेन्सको बुटवलमा प्रादेशिक कार्यालय उद्घाटन
ज्योति लाइफ इन्स्योरेन्सले रुपन्देहीको बुटवलमा प्रादेशिक कार्यालय उद्घाटन भएको छ । नवनिर्मित कार्यालयको बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले सोमबार बुटवलमा आयोजित एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।
कार्यालयको पुरानो संरचना परिवर्तन गरी प्रादेशिक कार्यालयबाट प्रवाह हुने सेवालाई अझ बढी व्यवस्थित र ग्राहक तथा अभिकर्ता मैत्री कार्यालय बनाइ लुम्बिनी प्रदेश स्थित सम्पुर्ण शाखा तथा उपशाखा कार्यालयहरुलाई अनुगमन तथा व्यवस्थापनमा थप प्रभावकारी बनाउन यस अघिको संरचना परिवर्तन गरी तालिम हल, अभिकर्ताहरुको कार्यकक्ष, बैठक कक्ष लगायतका भौतिक पुर्वाधार थप गरिएको कम्पनीको भनाइ छ ।
उक्त कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, कम्पनीका अध्यक्ष नन्दकिशोर शर्मा, प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्री, उच्च व्यवस्थापनका कर्मचारी, प्रदेश प्रमुख, सञ्चार क्षेत्रका प्रतिनिधि, बुटवल क्षेत्रका बीमित, वरिष्ठ एजेन्सी म्यानेजर, एजेन्सी म्यानेजर लगायत अन्य अभिकर्ता तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जग्गाको टुङ्गो छैन, प्रादेशिक संरचना निर्माणका लागि बर्सेनि बजेट विनियोजन
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)
-
रक्तअल्पताबाट जोगाउन किशोरीहरूलाई विद्यालयमा नै आइरन चक्की
-
‘सतीदेवी’सहित तीन फिल्म विशेष घोषित
-
परराष्ट्रमन्त्री राणा आज चीन भ्रमणमा जाँदै
-
माओवादीको आधार क्षेत्र नलगाडमा कसले मार्ला बाजी ?