शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मुक्तिनाथ विकास बैंकको सिईओमा पुनः पोखरेल नियुक्त

बुधबार, २१ वैशाख २०७९, १२ : ४४
बुधबार, २१ वैशाख २०७९

मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः प्रद्युमन पोखरेल नियुक्त भएका छन् । राजधानीमा मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले पोखरेललाई पुनः दोस्रो कार्यकालका लागि सिइओमा नियुक्ति दिने निर्णय गरेको हो ।

योसँगै सीईओ पोखरेलले आगामी जेठ १ गतेदेखि आफ्नो दोस्रो कार्यकाल सम्हाल्नेछन् । यसअघि २०७५ जेठ १ गते बैंकको प्रमुख कार्यकारी भूमिकामा रहेका पोखरेल हालसम्म सोही पदमा कार्यरत छन् ।  विगत तीन दशकभन्दा धेरै बैंकिङ्गको क्षेत्रमा अनुभव रहेको पोखरेलले नबिल बैंक, मेगा बैंक नेपालमा उच्च स्थानको नेतृत्वमा विभिन्न जिम्मेवारी सम्हालेका थिए ।

२०७३ मंसिर १९ गतेदेखि उनी मुक्तिनाथ विकास बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत भएर प्रवेश गरेका थिए । उसो त पोखरेल हाल विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालका अध्यक्ष समेत रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप