बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एनएमबी बैंकको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऊर्जा ऋणपत्र जारी

बुधबार, २१ वैशाख २०७९, १२ : १७
बुधबार, २१ वैशाख २०७९

एनएमबी बैंकले बुधबारदेखि ‘एनएमबी उर्जा ऋणपत्र २०९३/९४ जारी गरेको छ । बैंकले १५ वर्षे अवधिका लागि बुधबारदेखि प्रतिइकाई १ हजार रुपैयाँ दरका ३५ लाख इकाई बराबर कुल ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऊर्जा ऋणपत्र जारी गरेको हो ।

कुल जारी ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् २१ लाख इकाई बैंकले आफैंले अन्य संघ–संस्थालाई बिक्री गर्नेछ भने १४ लाख इकाईमध्ये ५ प्रतिशत अर्थात् ७० हजार कित्ता म्युचुअल फन्डलाई छुट्याएर बाँकी रहेको इकाई सर्वसाधारणका लागि बिक्री हुने छ ।

१५ वर्ष अवधिको यस ऋणपत्रमा लगानीकर्ताहरूले वार्षिक ४ प्रतिशत व्याजदर प्राप्त गर्न सक्नेछन् । इच्छुक लगानीकर्ता वा ऋणपत्र खरिदकर्ताले वैशाख २५ गतेभित्र ऋणपत्र खरिदका लागि दरखास्त दिइसक्नुपर्नेछ । यद्यपि, तोकिएको अवधिमा ऋणपत्र बिक्री नभएमा जेठ ४ गतेसम्मका लागि बिक्री खुल्ला जारी राखिने बैंकले जनाएको छ । लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम १४ लाख इकाईसम्मका लागि माग आवेदन दिन सक्नेछन् ।  
कम्पनीको ऊर्जा ऋणपत्र बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप