शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बमको हल्लाले विमानस्थलमा तनाव, तस्बिरहरु हेर्नुहाेस्

बुधबार, २१ वैशाख २०७९, ११ : ५९
बुधबार, २१ वैशाख २०७९

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बम छ भन्दै फोन आएपछि केही बेर हल्ली खल्ली मच्चिएको छ । विदेशबाट अज्ञात व्यक्तिले फोन गरेर विमानस्थलको आन्तरिक टर्मिनलमा बम भएको बताएपछि विमानस्थलमा हंगामा भएको हो । 

तर विमानस्थलमा बम नभएको पुष्टि भएको छ ।  फोन आएसँगै सेनाको बम डिस्पोजल टोलीसहितले सर्च गर्दा बम नभएको पुष्टि भएको हो ।  बुधबार बिहान अज्ञात व्यक्तिले विदेशबाट विमानस्थलको ६ ठाउँमा बम भएको भन्दै फोन फोन गरेर भ्रामक सूचना दिएका थिए । नागरिक उड्ययन प्राधिकरणका अधिकारीलाई ल्याण्ड लाइनमा फोन गर्दै आन्तरिक तर्फको टर्मिनलमा ६ ठाउँमा बम भएको मिथ्या सूचना दिएको पाइएको त्रिभुवन विमानस्थल कार्यालयका एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए । सूचनासँगै केहीबेर आन्तरिक टर्मिनललाई खाली गराइएको थियो । बम नभएको पुष्टि भएपछि यात्रुहरुलाई पुन: प्रवेश गर्न दिइएको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप