शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

स्थानीय तह निर्वाचनका लागि नेविसंघले बनायो परिचालन र प्रचार-प्रसार समिति

बुधबार, २१ वैशाख २०७९, ११ : ४१
बुधबार, २१ वैशाख २०७९

नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी (नेविसंघ) वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ७५३ सदस्यीय केन्द्रीय परिचालन समिति गठन गरेको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले स्थानीय निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन समिति गठन गरिएको बताए ।

७५३ स्थानीय तहलाई लक्षित गरी नेविसंघले केन्द्रीय परिचालन समिति गठन गरेको देखिन्छ । नेविसंघको परिचालन समितिले पार्टीको चुनावी अभियान सफल पार्न र काँग्रेसका उम्मेदवारलाई विजय गराउन महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष शेर्पाको भनाइ छ । यस्तै नेविसंघले १५ सय ९१ सदस्यीय प्रचार प्रसार समिति गठन गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप