आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

एआईजी विश्वराज पोखरेलको रिटको पेसी माथेमाको इजलासमा

बुधबार, २१ वैशाख २०७९, ११ : २६
बुधबार, २१ वैशाख २०७९

प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहलाई बनाउने सरकारको निर्णय बदर गर्न माग गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दायर गरेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुँदैछ । रिटको पेसी न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा तोकिएको छ । पोखरेलले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबार, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल र आईजीपी धिरजप्रताप सिंहलाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन् । 

रिटमा उनले ज्येष्ठ भएको र बढुवाका सम्पूर्ण आधारमा सर्वाधिक अंक प्राप्त गरेको जिकिर गर्दै वरिष्ठताका आधारमा बढुवा गरेर तत्काल आईजीपी नियुक्त गर्न माग गरेका छन्।  सिंहलाई बढुवा गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न र प्रहरी महानिरीक्षक पदमा रहेर काम गर्न नदिन पनि पोखरेलको माग छ । 

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई बढुवा गरेर आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो । सोमबार नै उनले दर्ज्यानी चिह्न पाएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप