भ्रष्ट्राचारमुक्त स्थानीय तह बनाउने उद्देश्य छ : दिपकबहादुर सिंह
राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) का हेटौँडा उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार दिपकबहादुर सिंहले भ्रष्टाचारमुक्त स्थानीय तह बनाउने उद्देश्य बोकेर उम्मेदवारी दिएको बताए । उनले भ्रष्ट्राचारले देश सखाप भएकाले त्यसको न्युनिकरणलाई आफ्नो उम्मेदवारी रहेको बताए । उनले हेटौंडाबासीको माया र मागका कारण आफूलाई पार्टीले उम्मेदवार बताएको बताए ।
सिंहले हेटौंडालाई समृद्ध बनाउनका लागि आफू सदैव लाग्ने र त्यसका लागि विज्ञहरुको सल्लाहमा योजनाहरु ल्याउने बताए । ‘हेटौंडाको समृद्धि, विकास र भ्रष्टाचारमुक्त स्थानीय तह बनाउन हेटौंडाको जनताको माग र मायाका कारण मलाई पार्टीको हाई कमाण्डबाट उम्मेदवार बनाएको हो ।’ उनले भने, ‘यहाँका युवा, महिला र जनताले मलाई माया र विश्वास गरेर भ्रष्टाचारमुक्त हेटौंडा बनाउन गरेको आग्रहले मैले उम्मेदवारी दिएको हुँ ।’
हेटौंडा भ्रष्ट्राचार नहुनासाथ विकास र समृद्धिका कामहरु तिब्र ढंगले अघि बढने उनको भनाई थियो । सिंहले मतदाताको विश्वास नतोड्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने ‘मैले र मेरो परिवारले बेइमानी गरेर एक कौडी पनि खाएका छैनौ । म मेरा मतदाताहरूको विश्वास तोड्दिन र कसैलाई बेइमानी पनि गर्न दिनेछैन ।’
हेटौंडाको स्वास्थ्य क्षेत्र निकै कमजोर रहेकोले आफू विजयी भएपछि हेटौंडा अस्पतालमा विशेषज्ञ सेवा सहितको सुविधायुक्त बनाउने बताए । हेटौंडाको चक्रपथलाई पुरा गर्ने, घरघरमा वृद्धाभत्ता पुर्याउने व्यवस्था गर्ने लगायतका कामहरु आफ्नो योजनामा रहेको उनले बताए ।
हेटौँडालाई चार वर्षभित्र महानगरपालिका बनाउने सोच रहेको उनको भनाई छ । हेटौंडाको विकासका लागि विज्ञहरु नियुक्त गरि हरेक क्षेत्रको विकासमा सक्रियतापूर्वक काम गर्ने उनले बताए ।
उनले आफु हेटौंडाको मेयरमा विजयी भए कुनैपनि सरकारी सेवा सुविधा नलिने, सवारी साधन प्रयोग नगर्ने बताए । उनले मेयरका लागि आउने सरकारी सेवा सुविधा बापतको तलब भत्तामा व्यक्तिगत रुपमा २ गुणा थप गरेर १९ वटै वडामा शिक्षा, स्वास्थ्य तथा विकासमा खर्च गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या