सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जाजरकोटको भेरी नगरपालिकामा समाजवादीको चुनावी घोषणापत्र : एम्बुलेन्स र शववाहन सेवा निःशुल्क (पूर्णपाठ)

बुधबार, २१ वैशाख २०७९, १० : १७
बुधबार, २१ वैशाख २०७९

यहाँको  भेरी नगरपालिकाको मेयर पदका उम्मेदवार कमान बहादुर खड्काले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । आफू पदमा पुगेपछि बेइमानी गरे मतदातासँग फेरी भोट माग्न नआउने प्रतिबद्धता जनाउँदै उनले शिक्षा र स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राखेका छन् । कृषि क्षेत्रको विकास, रोजगारी, सुशासन र भौतिक पूर्वाधारका एजेण्डा पनि उनका प्राथमिकताका विषयमा उल्लेख छन् । 

उनले भने,‘ आपत्कालीन सेवाको लागि नगर क्षेत्रभित्रको एम्बुलेन्स र शववाहन सेवा पूर्ण रूपमा निःशुल्क गर्ने, ज्येष्ठ नागरिक तथा अशक्त अपाङ्गता भएका व्यक्तिहरूको घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्ने, स्याउली बजारमा नगर अस्पताल सञ्चालनमा ल्याउने, वडा स्तरीय स्वास्थ्य चौकीहरूको भौतिक व्यवस्थापन सँगै दक्ष जनशक्ति र आवश्यक उपकरणहरूको व्यवस्था गर्ने, जिल्ला अस्पतालको गुणस्तरीय स्वास्थ्य सेवाको लागि आवश्यक व्यवस्था गर्ने हाम्रो प्रयास रहनेछ ।’ खड्काले नगरभित्रका जेहेन्दार, विपन्न तथा असहाय विद्यार्थीलाई उच्च शिक्षा पढाउने पनि दाबी गरेका छन् भने नगर क्षेत्र भित्रका सडकहरूलाई बाह्रै महिना चल्ने गरी स्तरोन्नती गर्ने पनि बताए । खड्का एकीकृत समाजवादीबाट मेयरका प्रत्याशी हुन् भने उपमेयरमा सरस्वती चन्द उम्मेदवार छन् । 

यस्तो छ चुनावी घोषणापत्र

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप