शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

गाउँपालिका अध्यक्षबाट राजीनामा दिएर वडा सदस्यमा उम्मेदवारी

बुधबार, २१ वैशाख २०७९, ०८ : १८
बुधबार, २१ वैशाख २०७९

गुल्मीको चन्द्रकोट गाउँपालिका अध्यक्ष द्रोण बहादुर खत्रीले पदबाट राजीनामा दिएर वडा सदस्यमा उम्मेदवारी दिएका छन् । खत्रीले अध्यक्ष पदबाट राजीनामा दिएर चन्द्रकोट गाउँपालिका ३ को वडा सदस्यको उम्मेदवारी दिएका हुन् ।

काँग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका उनी वडासदस्य जितेर जिल्ला समन्वय प्रमुख हुने लाइनमा लेखिएका छन् । चन्द्रकोट गाउँपालिका अध्यक्षमा गठबन्धनबाट यसपटक माओवादी केन्द्रका नेता युवराज केसी अध्यक्षको साझा उमेदवार छन् ।

उपाध्यक्षको साझा उमेदवार काँग्रेस विष्णुप्रसाद भण्डारी छन् । नेकपा एमालेबाट अध्यक्षका उमेदवार चेतन बस्नेत रहेका छन् भने एमालेकै राधिका अर्याल उपाध्यक्षकी उम्मेदवार छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप