समाचार

आईजीपी नियुक्ति विरुद्धको रिटमा आज सुनुवाइ

person explore access_timeबैशाख २१, २०७९ chat_bubble_outline0

प्रहरी महानिरीक्षक नियुक्ति विरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा बुधवार सुनुवाइ हुँदै छ । मन्त्रिपरिषद्ले नेपाल प्रहरीको २९ औँ आईजीपीमा धिरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्ट भएका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले वैशाख १९ मा सर्वोच्चमा रिट दायर गरेका हुन् । 


आईजीपी नियुक्ति विरुद्धको रिटमा बुधवार सुनुवाइ हुने गरी सर्वोच्च अदालतले पेशी तोकेको छ । आईजीपी नियुक्तिबारे असन्तुष्ट अर्का  एआईजी सहकुल बहादुर थापा बुधवारबाट काममा फर्किन सहमत भएका छन् । मन्त्रिपरिषद्को निर्णयप्रति असहमति राखेका विश्वराज पोखरेलले ३० दिन लामो बिदा लिएका छन् । आईजीपीको प्रतिस्पर्धामा रहेका विश्वराज अन्य प्रतिस्पर्धी भन्दा १६ महिना अघि एआईजीमा बढुवा भएका थिए । सहकुल थापा नवनियुक्त आईजीपी सिंहभन्दा ९ महिना अघि एआईजी भएका हुन् । आईजीपी सिंह र रवीन्द्र बहादुर धानुक १ महिनाअघि  एआईजीमा बढुवा भएका थिए । 



आईजीपीका प्रतिस्पर्धीहरू एउटै मितिमा प्रहरीमा भर्ना भए पनि फरक समयमा एआईजीमा बढुवा भएका थिए । विश्वराज पोखरेललाई २०७७ मङ्सिर २५ मा केपी शर्मा ओली नेतृत्वको सरकारले एआईजीमा बढुवा गरेको थियो । सहकुल थापा २०७८ असार २४ मा एआईजी भएका हुन् । २०७८ चैत १७ मा धिरज प्रताप सिंह र रवीन्द्र बहादुर धानुकलाई वर्तमान मन्त्रिपरिषद्ले एआईजीको दरबन्दी थपेर बढुवा गरेको थियो ।




कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।