बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

आदिवासी जनजाति महासंघ बेल्जियमको अध्यक्षमा मगर चयन

मङ्गलबार, २० वैशाख २०७९, २२ : ४४
मङ्गलबार, २० वैशाख २०७९

आदिवासी जनजाति महासंघ बेल्जियमको अध्यक्षमा बिरमान मगर चयन भएका छन् । बेल्जियमको शैक्षिक सहर लुबेनमा आइतबार भएको सभाबाट मगर अध्यक्षमा चयन भएका हुन् ।

यस्तै उपाध्यक्षमा मुना राई, होम तमु र सुर्यनारायण श्रेष्ठ चयन भएका छन् भने महासचिव पेम्बा गेलु शेर्पा चयन भएका छन् । यस्तै सचिवमा रबिन राई, यम कुमारी तमुस्यो (उमा) चयन भएका छन् । कोषाध्यक्ष कविता सावदेन (लिम्बु) र सह(कोषाध्यक्ष कान्छा शेर्पा चयन भएका छन् ।

यस्तै सदस्यहरूमा सुर्य बहादुर तमु, निता पुन, ललित पुन, झोरमान तामाङ्ग, कला लिम्बु, शेर बहादुर छन्त्याल र लाल तामाङ चयन भएका छन् । पाँच जनालाई कार्यसमितिले मनोनीत गर्ने जनाइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप