मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

जनचेतना जगाउन निःशुल्क स्वास्थ्य शिविर

मङ्गलबार, २० वैशाख २०७९, २२ : २२
मङ्गलबार, २० वैशाख २०७९

राजधानीको भण्डारखालमा आँखा, नाक, कान र घाँटीको निःशुल्क शिविर संचालन गरिएको छ । हायर मी सर्भिसले मंगलबार बिहान १० बजेदेखि दिउसो ३ बजेसम्म नि: शुल्क शिविर सेवा संचालन गरेको हो ।

हायर मी सर्भिसका प्रबन्ध निर्देशक लक्ष्मण जोशीका अनुसार स्वास्थ्य सम्बन्धि जानकारी र जनचेतना  जगाउन शिविर संचालन गरिएको हो । शिविरमा राजधानीका स्थानीय, मजदुर, विद्यार्थी, जेष्ठ नागरिक, महिला, युवाका साथै पशुपति विकास कोषका कर्मचारी र नेपाल प्रहरीका कर्मचारीले पनि जाँच गराएको सिनियर को-ओडिनेटर ओम पाण्डेयले जानकारी दिए । उनका अनुसार शिविरमा दुई सय ५ जनाले आँखा, नाक, कान र घाँटीको जाँच गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप