शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उद्योगमा आउन थाल्यो बिजुली, आन्दोलनका कार्यक्रम स्थगित

मङ्गलबार, २० वैशाख २०७९, २१ : ४७
मङ्गलबार, २० वैशाख २०७९

मोरङको औद्योगिक क्षेत्रमा बिजुली आउन थालेको छ । मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ प्रदेश १ ले नेपाल विद्युत् प्राधिकरणसँग छलफल गरेपछि औद्योगिक क्षेत्रमा बिजुली आएको हो ।

नेपाल विद्युत् प्राधिकरणले औधोगिक क्षेत्रको बिजुली काटेपछि व्यापार संघ र परिसंघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो । औद्योगिक क्षेत्रमा नियमित बिजुली दिने सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको छ  । नेपाल विद्युत् प्राधिकरणले औधोगिक क्षेत्रमा बिजुली नकाट्ने प्रतिबद्धता जनाएपछि आन्दोलनका कार्यक्रम फिर्ता गरिएको जनाइएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप