सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

अमेरिकी मतदातालाई गर्भपतनसम्बन्धी ‘मौलिक’ अधिकारको आवाज बुलन्द गर्न राष्ट्रपतिको आग्रह

मङ्गलबार, २० वैशाख २०७९, २० : ३९
मङ्गलबार, २० वैशाख २०७९

अमेरिकी मतदाताहरूले गर्भपतनको ’मौलिक’ अधिकारको रक्षा गर्नुपर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् । सर्वोच्च अदालतले यो प्रक्रियालाई अनुमति दिने संवैधानिक प्रत्याभूति खारेज गरेमा अमेरिकी मतदाताले गर्भपतनको ‘मौलिक’ अधिकारको रक्षा गर्नुपर्ने मंगलबार उनले बताएका हुन् । 

अदालतले बहुमतको मसौदाको पोलिटिकोद्वारा प्रकाशित प्रति पुष्टि नगरिएको र राष्ट्रव्यापी अधिकार समाप्त गर्ने काम अदालतले गरेको भन्दै राजनीतिक प्रभाबमा नागरिकको अधिकारलाई कुण्ठित गर्न नहुनेमा जोड दिए । 

तथापि, यदि अदालतले यसलाई अनुमोदन गरिदिएमा गर्भपतनसम्बन्धी कानुन राज्यहरूको आ–आफ्नो कानूनमा निर्भर हुनेछ र नोभेम्बरको मध्य चुनावमा यस प्रक्रियाको अधिकारलाई समर्थन गर्ने अधिकारीहरूलाई यसलाई निर्वाचन गर्न मतदाताहरूमा दबाव पर्ने उनले एक पत्रकार सम्मेलनमा बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप