शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

खेलाडी प्रशिक्षक विवाद : एन्फाले छानबिन समिति गठन गर्ने

मङ्गलबार, २० वैशाख २०७९, २० : १९
मङ्गलबार, २० वैशाख २०७९

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र असन्तुष्ट रहेका १० खेलाडीबीचको  विवादलाई  अखिल नेपाल फुटबल संघ (एन्फा)ले समिति बनाएर छानबिन गर्ने भएको छ । मंगलबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलाडीलाई भेटेर छानबिन गर्ने आश्वासन दिएका हुन् । 

यसअघि खेलाडीले बारम्बार निष्पक्ष छानबिन हुनुपर्ने भन्दै खेलकुद मन्त्री महेश्वर गहतराज, राखेप सदस्य सचिब टंकलाल घिसिङ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ लगायतलाई पत्र पठाएका थिए । मुख्य प्रशिक्षक तथा व्यवस्थापकहरूले भने खेलाडीहरू खबर नगरी क्याम्पबाट भागेको टिप्पणी गरिरहेका छन् । सोही विषयमा खेलाडीहरूले पनि पत्रकार सम्मेलन गर्दै निष्पक्ष छानविनको मान गर्दै आएका थिए ।

यसअघि खेलाडीले प्रशिक्षकको व्यवहारका कारण १३ गते होटेल छाडेका थिए । त्यसको स्पष्टीकरण दिन १५ गते पत्रकार सम्मेलन गरेका थिए । यसपछी प्रशिक्षक अब्दुल्लाहले असन्तुष्ट रहेका खेलाडीले आफूलाई कुनै जानकारी नदिइ टिम छाडेको बताउँदै खेलाडीलाई एसियन कप छनोटमा सहभागिता नगराउने बताएका थिए ।

यस्तै खेलाडी संघ र असन्तुष्ट खेलाडीले १९ वैशाखमा एन्फा महासचिवलाई निष्पक्ष छानबिनको लागि पत्र बुझाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप