चुनाव प्रचारमा सहभागी मन्त्री खतिवडा भन्छन्– मन्त्रीको हैसियतले होइन, नेताको हैसियतले आएको हुँ
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सत्तारुढ गठबन्धनको चुनावी प्रचार प्रसारमा सक्रियता देखाएका छन् । मंगलबार सत्तारुढ गठबन्धनले आयोजना गरेको हेटौंडा उपमहानगरपालिकाको प्रतिवद्धतापत्र सार्वजनिक कार्यक्रममा उनी सहभागी थिए ।
मन्त्री वा सार्वजनिक पद धारण गरेका व्यक्तिलाई कुनै उम्मेदवार वा दल विशेषको पक्ष वा विपक्षमा प्रचार–प्रसार गर्न आचारसंहिताले रोक लगाए पनि मन्त्री खतिवडाले आफू मन्त्रीका रुपमा नभइ नेकपा एकीकृत समाजवादी पार्टीको नेताका रुपमा कार्यक्रममा सहभागी भएको जिकिर गरे ।
यद्यपि उनी सरकारी गाडी र सुरक्षाकर्मीसहित सत्तारुढ गठबन्धनको चुनावी कार्यक्रममा सहभागी भएका थिए । उनले आफू मन्त्रीको हैसियतले नभइ नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी सदस्यको हैसियतले कार्यक्रममा सहभागी भएको र निर्वाचन आयोगलाई जानकारी गराएरै कार्यक्रममा आएको दाबी गरे ।
उनले आफू मन्त्रालयबाट छुट्टी लिएर आफ्नो गृहनगरमा गठबन्धनको चुनावी कार्यक्रममा सहभागी हुन आएको बताए । आफूले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई लिखित रुपमा जानकारी गराएर पार्टी र गठबन्धनको प्रचार प्रसारमा सहभागी भएको उनको भनाइ थियो ।
‘यहाँ नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी सदस्य विरोध खतिवडा आएको हुँ । मैले निर्वाचन आयोगका आयुक्त दिनेश थपलियासँग अनुमति लिएरै पार्टी र गठबन्धनको चुनावी कार्यक्रममा आएको हुँ,’ उनले भने, ‘त्यसैले यसमा कोही पत्रकारहरुले भ्रम नपाल्नु होला ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या