शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

देश विकासका लागि एमालेले जित्न जरुरी : एमाले अध्यक्ष ओली

मङ्गलबार, २० वैशाख २०७९, १९ : ५७
मङ्गलबार, २० वैशाख २०७९

पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको विकास, लोकतन्त्रको रक्षा र सार्वभौमसत्ता जोगाउन एमालेले स्थानीय तहको निर्वाचन जित्न जरुरी रहेको बताएका छन् ।

गृहजिल्ला झापाको मेचीनगरमा सोमबार अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले नेकपा एमालेको पक्षमा जनलहर आएको जिकिर गरे । उनी सोमबार बिहान काठमाडौंबाट झापा आएका हुन् । झापाको भद्रपुर र हल्दिबारीको आमसभामा सहभागी बनेर उनी अपराह्न मेचीनगरको धुलाबारी आएका हुन् ।

मेचीनगर मुलुकको प्रवेशद्वार भएको हुँदा तीव्र विकासका लागि एमालेका उम्मेदवारलाई जिताउन उनले मेचीनगरबासीलाई आह्वान गरे । उनले हल्दिबारी गाउँपालिका–१ गोलधाप र भद्रपुर नगरपालिका–३ को ज्ञानचोकमा आयोजित आमसभालाई सम्बोधन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप