बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

गोलबजारमा जसपा र नेकपा एसबीच चुनावी तालमेल

मङ्गलबार, २० वैशाख २०७९, १९ : ४६
मङ्गलबार, २० वैशाख २०७९

यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा सिरहाको गोलबजार नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) बीच तालमेल भएको छ ।

एकीकृत समाजवादीको तर्फबाट गोलबजार नगरपालिकामा कुनैपनि उम्मेदवार नरहेकोले उक्त पार्टीले जसपालाई सहयोग गर्ने भएको हो । 

जसपाका नगर अध्यक्ष हरी नारायण यादब र एकीकृत समाजवादी पार्टीका नगर अध्यक्ष हिरालाल सिंहद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तीमा एकीकृत समाजवादीले जसपालाई सहयोग गर्ने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप