शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हेटौंडा उपमहानगरमा सत्तारुढ गठबन्धनको प्रतिवद्धतापत्रमा ३०० युनिट बिजुलीदेखि १२ हजार लिटर पानी निःशुल्कसम्म

मङ्गलबार, २० वैशाख २०७९, १९ : ३४
मङ्गलबार, २० वैशाख २०७९

सत्तारुढ गठबन्धनले स्थानीय तहको आसन्न निर्वाचन अन्तर्गत हेटौंडा उपमहानगरका लागि आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । सत्तारुढ ५ दलीय गठबन्धनका उम्मेदवारहरूले उपमहानगरवासीलाई ३ सय युनिटसम्म बिजुली निःशुल्क प्रदान गर्नेदेखि प्रत्येक वडामा एमबीबीएस डाक्टरसहितको स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

त्यसैगरी ज्येष्ठ नागरिक तथा अशक्तलाई घरमै स्वास्थ्य सेवा दिइने, ‘एक घर एक रोजगार’ कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउने प्रतिवद्धता पनि उनीहरुले जनाएका छन् । न्यून मध्यम व्यावसायिक कार्यका लागि सिप विकास, सहुलियत ऋण, बजार व्यवस्थापनका लागि सहयोग गर्ने, नगरभित्र हरेक घरमा मासिक १२ हजार लिटर खानेपानी निःशुल्क वितरण गर्ने सत्तारुढ गठबन्धनको प्रतिबद्धता छ ।

नगर क्षेत्रका सम्पूर्ण विकास पूर्वाधारका कामहरु सञ्चालन गरिने, दीर्घकालीन योजना र वृहत प्रकारका योजना कार्यान्वयनका लागि हेटौंडा विकास प्राधिकरण गठन गरिने तथा नगर यातायातको गुरुयोजना तयार गरी कार्यान्वयन गर्ने प्रतिवद्धता पनि जनाइएको छ ।

हरेक वर्ष कम्तीमा ५ जनालाई एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्नुका साथै सामुदायिक विद्यालय तथा कलेजमा स्वास्थ्यकर्मीको व्यवस्था गर्ने प्रतिबद्धता पनि उनीहरुले जनाएका छन् । त्यस्तै प्रत्येक वडामा मिनी रंगशाला निर्माण गर्ने, नगरभित्रका नदी खोलाहरूको व्यवस्थापन गरी अस्थायी स्वीमिङ पुल निर्माण, जलबिहार तथा पार्क निर्माण गरी पर्यटनमैत्री नगर बनाउने योजना पनि अघि सारिएको छ ।

नगरमा सुविधासम्पन्न सार्वजनिक शौचालय निर्माण तथा व्यवस्थापन गर्ने, भोकाहरुका लागि खानाको व्यवस्थापन गर्ने, नगरस्तरीय प्रज्ञा प्रतिष्ठान स्थापना, प्रवर्द्धन र विकासका कार्यक्रम गर्न पनि गठबन्धन प्रतिवद्ध रहेको सत्तारुढ गठबन्धनले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप