सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आचारसंहिता उल्लंघन गरेको भन्दै ३ कर्मचारीलाई २४ घण्टे स्पष्टीकरण, निर्वाचनमा नखटाइने

मङ्गलबार, २० वैशाख २०७९, १९ : २५
मङ्गलबार, २० वैशाख २०७९

निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले मकवानपुरका विभिन्न सरकारी कार्यालयमा कार्यरत ३ जना कर्मचारीलाई स्पष्टीकरण सोधेको छ । मंगलबार लिखित पत्र लेख्दै कार्यालयले निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलको चुनावी अभियानमा सक्रिय रहेका ३ जना कर्मचारीसँग २४ घण्टे स्पष्टीकरण माग गरेको हो ।

आचारसंहिता विपरीत राजनीतिक दलको चुनावी अभियानमा सक्रिय रहेको समाचार र उजुरीको आधारमा उनीहरूलाई स्पष्टीकरण सोधेको सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए । उनीहरु सामाजिक सञ्जालमार्फत राजनीतिक दलको प्रचार कार्यमा सक्रिय थिए । उनीहरुलाई स्पष्टीकरण सोध्नुका साथै निर्वाचनका कुनै पनि कार्यक्रममा नखटाउने निर्णयसमेत भएको छ ।

जवाफ मागिएका कर्मचारीमध्ये एक जना हेटौंडा उपमहानगरपालिकाका कर्मचारी हुन् । स्पष्टीकरण सोधिएका अन्यमा त्यस्तै, प्रदेश सरकार मातहतको वन निर्देशनालय र प्रदेश नीति तथा योजना आयोगका एक–एक कर्मचारी छन् । मुख्य निर्वाचन कार्यालय हेटौंडाले सरकारका बहालवाला मन्त्री, संसद् र जनप्रतिनिधिहरूलाई पनि निर्वाचन आचारसंहिताको उल्लंघन नगर्न सुझाव दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप