मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

पहिलो त्रैमासिक २०२२ मा चीनको स्मार्टफोन भिभो शीर्ष स्थानमा

मङ्गलबार, २० वैशाख २०७९, १८ : ४८
मङ्गलबार, २० वैशाख २०७९

काउन्टरपोइन्ट रिसर्चको मासिक मार्केट पल्स सर्भिसका अनुसार भिभो पहिलो त्रैमासिक २०२२ मा चीनको स्मार्टफोन बजारमा  पहिलो स्थानमा रहन सफल भएको छ । उक्त अवधिमा चीनको स्मार्टफोन बजारमा आएको गिरावटलाई ध्यानमा राख्दै २० प्रतिशत बजार हिस्साका साथ भिभोले पहिलो स्थान ओगटेको हो ।  

त्रैमासिक अवधिमा भिभोको भी र वाई सिरिजको उत्पादन लाइन–अपबाट प्राप्त भएका सकारात्मक बजार प्रतिक्रियाले यो   स्थान हासिल गर्न सहयोग पुर्याएको जनाइएको छ । स्मार्ट उपकरणहरू र इन्टेलिजेन्ट सेवाहरूमार्फत भिभोले बलियो गति कायम राखेको छ । काउन्टरपोइन्ट रिसर्चका अनुसार २०२१ मा चीनको स्मार्टफोन बजारमा भिभोले २२ प्रतिशतको बजार हिस्सा ओगटेको बताइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप